कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्छौं: अधिकारी
पाेखरा | कात्तिक १५, २०७९
पोखरा । नेकपा एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्ने बताउनुभएको छ ।
एमाले गण्डकी प्रदेश सङ्गठन कमिटीद्वारा पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने योजनाका साथ अघि बढिएको बताउनुभयो ।
कास्की क्षेत्र नं १ प्रदेशसभा ९१०का प्रदेशसभा सदस्यका उम्मेदवार अधिकारीले समृद्धि र विकासको स्पष्ट योजनाका साथ एमाले चुनावी अभियानमा लागेको बताउँनुभयो । उहाँले जनताले एमालेमाथि आशा भरोसा गरेको बताउनुभयो । गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य, पार्टी सङ्गठनलाई हेरेर अन्य दलका व्यक्तिहरू पार्टीमा आकर्षित भएको बताउनुभयो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

